नागीधार महोत्सव सकियो, पाखुरीकोट एफसी ह्वाइटलाई सेभेन ए साइड पुरुष फुटबलको उपाधि

पाेखरा | माघ ८, २०८१

नागीधार महोत्सव सकियो, पाखुरीकोट एफसी ह्वाइटलाई सेभेन ए साइड पुरुष फुटबलको उपाधि

पोखरा:   कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा भएको नागीधार महोत्सव समापन भएको छ । माघ ४ गते देखि शुरु भएको महोत्सव १ दिन थप गरि सोमबार समापन गरिएको हो ।


स्थानीय स्तरबाट गाउँमा गरिएको यो महोत्सव सफल भएको छ’ संयोजक गुरुङले भने, ‘महोत्सवलाई आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णलाई आयोजक धन्यावाद ज्ञापन गर्दछु ।’


महोत्सवमा भएको खुल्ला सेभेन ए साइड पुरुष फुटबल तर्फ पाखुरीकोट एफसी ह्वाइटले उपाधि जितेको छ ।


सोमबार भएको फाइनल खेलमा पाखुरीकोट एफसी विल्युलाई ट्राइवेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै पाखुरीकोट एफसी ह्वाइटले उपाधि जितेको हो ।


विजेताले नगद ६० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता बनेको पाखुरीकोट एफसी विल्युले नगद ३० हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।


यसअघि दुवै टिमले नागीधार एफसी ए र नागीधार एफसी वि लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । प्रतियोगितामा कास्की लम्जुङबाट २८ टिमको सहभागिता रहेको थियो ।


विजेता तथा उपविजेतलाई टिमलाई संयुक्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङ, मादी– ८ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङ, समाजसेवी सूर्यमान गुरुङ, रतन घले, महान घले, सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष होमबहादुर गुरुङ, सचिव नरेश गुरुङ, नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले पुरस्कार वितरण गरेका थिए ।


कार्यक्रममा मादी –८ का वडा अध्यक्ष प्रेमबहादुर गुरुङ, पाखरीकोटका समाजसेवी चन्द्रबहादुर गुरुङले बोलेका थिए ।


नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।


नागीधार गाउँको सर्वागिण विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो ।


महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहेका थिए ।

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्